कात्तिक २६, झापा झापा भद्रपुरको चारआली–केचनामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
बिहान १ः३० बजे मे ४ प ७७९५ नम्बरको मोटरसाइकलमा तीन जना सवार रहेकामा १ जनाको मृत्यु र दुई गम्भीर घाइते भएका प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा भद्रपुर–८ का २० वर्षीय किशोर प्रधान रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गम्भीर घाइते भएका 2 जना प्रताप तामाङ र आशिष राईको बिर्तामोडस्थित बिर्ता सिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्