कात्तिक २६, काठमाडौं । विदेशबाट फर्किएर स्वदेशमै व्यवसाय गर्न चाहनेलाई सरकारले १० लाख रुपैयाँ कर्जा दिन थालेको छ ।
राष्ट्र बैंकले विदेशबाट फर्किएर व्यवसाय कर्जा लिन चाहनेहरुलाई पायक पर्ने शाखाबाट सेवा लिन आग्रह गरेको छ भने सेवा उपलब्ध गराउन पनि बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र गरिसकेको छ ।
कार्यविधि अनुसार वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुले आफूले सिकेको सीपसँग सम्बन्धित व्यवसाय वा उद्यम गर्न परियोजना धितो राखेर वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजा अन्तर्गत कर्जा लिन सक्नेछन् ।
कर्जा लिदा : राहदानी, भिसाको प्रतिलिपि तथा श्रम स्वीकृति प्राप्त भएको देशबाट फर्केकाको हकमा त्यसको प्रतिलिपि, आफू ६ महिना कुनै देशमा सम्वन्धित तालिम, पेशा व्यवसाय, क्षेत्रमा काम गरेको कागजात र कुनै पनि देशको स्थायी बसोवास स्वीकृति नभएको स्वःघोषणा गर्नुपर्ने भनिएको छ । वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति प्राप्त गरेका वा नगरी कुनै पनि देशमा कम्तीमा ६ महिना सम्वन्धित तालिम, पेशा, व्यवसाय वा क्षेत्रमा काम गरी स्वदेश फर्केको व्यक्तिले यस्तो कर्जा पाउने व्यवस्था कार्यविधिले गरेको छ ।
प्रतिक्रिया दिनुहोस्