समाचार

त्रिवि व्यवस्थापन केन्द्रीय विभागमा लागेको ताला आज खुल्यो



कात्तिक २६, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन केन्द्रीय विभागमा अनेरास्ववियु व्यवस्थापन केन्द्रीय विभागले लागाको ताला आज खुलेको छ ।

विद्यार्थी र विभागबीच विभागले शुल्क वृद्धि गर्नुपरेमा विद्यार्थी संगठनहरुको सहमतिमा मात्र गर्ने, विभागको चारित्रिक प्रमाणपत्र आउँदो पुस १ देखि प्रिन्टेड फर्ममा रेक्जिन ब्यागमा राखेर दिने, निशुल्क र जेहेन्दार छात्रवृत्ति त्रिवि सेमेस्टर कार्यविधिअनुसार समयमा नै प्रदान गर्ने सहमति भएको छ ।

त्यस्तै सीडीएम अल्मुनाई एशोसिएसनले लिने ५०० रुपैयाँ शुल्क स्वेच्छिक गर्ने, विभागीय पुस्तकालयलाई थप व्यवस्थित गर्ने र सेमेष्टर प्रणालीमा आधारित पाठ्यपुस्तकहरु एक महिनाभित्रमा व्यवस्थापन गर्नुपर्ने ध्यापकहरु नियमित रुपमा पठनपाठनमा संलग्न हुनुपर्ने सहमति पनि भएको जनाएको छ ।