शैक्षिक

त्रिवि गभर्निङ बोर्डमा निर्वाचित



कात्तिक २७, काठमाडौं । त्रिभुवन विश्वविद्यालय चीनको बेल्ट एन्ड रोड अन्तर्राष्ट्रिय विज्ञान संघको गभर्निङ बोर्डमा निर्वाचित भएको छ ।

३ देखि ५ नोभेम्बरमा बेइजिङमा भएको  सम्मेलनमा वैज्ञानिक तथा प्रविधि अन्तर्राष्ट्रिय गोष्ठीले त्रिविलाई गभर्निङ बोर्डमा निर्वाचित गरेको हो ।

त्रिविका उपकुलपति प्रा.डा.तीर्थराज खनियाँको नेतृत्वमा ६ सदस्यीय टोली सहभागी सम्मेलनमा बेल्ट एन्ड रोड क्षेत्रका ३७ वटा विश्वविद्यालय एवं विज्ञान प्रतिष्ठानले भाग लिएका थिए । कार्यसमितिले गभर्निङ बोर्डमा नेपालको प्रतिनिधित्व चयन गरेको हो ।

३७ संस्थापक सदस्यमध्ये ९ वटा प्राज्ञिक एवं वैज्ञानिक संस्था गभर्निङ बोर्डमा छनोट भएका हुन् ।