समाचार

बिराटनगरका मेयर पराजुली ३ किलोमिटर घस्रिएर छठ पुजा गर्दै



कात्तिक २७, विराटनगर ।  विराटनगर महानगरपालिकाका मेयर भिम पराजुली ३ किलो मिटर भुईँमा घस्रेर छठ पुजा गर्दैछन् ।

मेयर पराजुली भुईँमा घस्रेर ३ किलो मिटरको दुरी पार गरी करिब ४ घण्टाको अबधिमा सिँगिया खोलाको परोपराकार घाटमा पुगेर अस्ताउदो सूर्यलाई अर्घ दिनेछन् ।

मेयर पराजुलीले १५ औं पटक दण्ड प्रणाम गर्दै सिंघिया घाटमा पुगेर बुधबार उदाउँदो सूर्यलाई अर्घ दिएर ब्रत समापन गर्नेछन् । पराजुलीलाई उनका भतिजाहरु प्रमिस र मनिस पराजुलीले साथ दिएका छन् ।

नगरबासीको सुख, शान्ति र समृद्धिको कामनासहित छठको कष्टपूर्ण ब्रत बसेको मेयर पराजुलीले बताएका छन ।