विश्व

सीएनएनद्वारा ट्रम्प र उनका उच्च सहयोगीविरुद्ध अदालतमा मुद्दा दायर



कात्तिक २८, काठमाडौं । सीएनएनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र ह्वाइटहाउसका उनका उच्च सहयोगीविरुद्ध नालिस दिएको छ ।

ह्वाइटहाउसस्थित राष्ट्रपति कार्यालयले सीएनएनका लागि ह्वाइट हाउस वरिष्ठ संवाददाता जिम एकोस्टाको परिचयपत्र अमान्य घोषित गर्दै उनको प्रवेशमा रोक लगाएसँगै सीएनएनले अदालतमा मुद्दा दायर गरेको हो ।

राष्ट्रपति ट्रम्पले आयोजना गरेको पत्रकार सम्मेलनमा एकोस्टाले कडा प्रश्न गरेपछि गत बुधबार तनाव भएको थियो । ह्वाइट हाउसमा कार्यरत महिला कर्मचारीले एकोस्टाले प्रश्न गरिरहेकै बेला उनको माइक्रोफोन नियन्त्रणमा लिने प्रयास गरेकी थिइन् । तर, एकोस्टाले ती महिलालाई रोके र थप प्रश्नहरु ट्रम्पमाथि बर्साए ।