कार्तिक २८, काठमाडौं । आज बुधबार विश्व मधुमेह दिवस ‘हरेक परिवारको सरोकार’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
सन् १९९१ देखि मनाउन थालिएको यो दिवसका अवसरमा मधुमेह रोग सम्बन्धी जनचेतना जगाउन नेपालमा पनी विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
मधुमेह उपचारका लागि प्रयोग गरिने इन्सुलिन बनाउन महत्वपूर्ण भूमिका खेलेका वैज्ञानिक फ्रेड्रिक व्यान्टिङको जन्मदिनको सम्झनामा हरेक वर्ष १४ नोभेम्बरमा दिवस मनाउने गरिन्छ ।
अन्तर्राष्ट्रिय मधुमेह संघका अनुसार विश्वभर ४२ करोड ५० लाख मानिस मधुमेहको समस्याबाट पीडित छन् ।
प्रतिक्रिया दिनुहोस्