राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)भित्र अनिलकुमार झाले बबण्डर मच्चाएका छन् । बाहुन समुदायबाट राजनीति गर्दै आएका झाले बाहुन अर्थात ठूलो जातिका मधेसीहरूका लागि आरक्षणको माग गर्दै आएका छन् । यूनाइटेड पोस्ट साप्ताहिकले समाचार छापेको छ ।
तराई ठूलो जातका मधेसी समुदाय अल्पमतमा छन् । ती अल्पमतमा रहेका बाहुनहरूले निर्वाचनका बेला राजपा नेपाललाई मतदान गरेको भन्दै अध्यक्ष मण्डलका सदस्य झाले बाहुनहरूलाई आरक्षणको माग गरेका हुन् ।
नेता झाले गजेन्द्र नारायण सिंहलाई मधेसको मसिहाका रुपमा अगाडि बढाउन प्रस्ताव गरेका छन् । स्रोतका अनुसार सिंहलाई मदन भण्डारी र बिपी कोइरालाको स्थानमा राखेर सम्मान दिनुपर्ने माग गर्दै आएका छन् ।
राजपा नेपालका केही नेताहरू झाको मागलाई मान्न तयार भएका छैनन् । तर, झाले आफ्ना मागलाई जसरी पनि पार्टीभित्र लागू गराइ छाड्ने बताउने गरेका छन् । राजपाभित्र विवाद भए पनि झाको क्रियाकलापले धेरै नेताहरूको चित्त दुखाएको छ ।










प्रतिक्रिया दिनुहोस्