विश्व

खासोग्गी हत्या प्रकरण : साउदीका पाँच अधिकारीलाई मृत्युदण्डको माग



एजेंसी ३०, कार्तिक । पत्रकार जमाल खासोग्गीको हत्या मामलामा साउदीका पाँच अधिकारीलाई मत्युदण्डको सजायँ दिइनुपर्ने  माग गरेका छन ।

साउदी अरबका सरकारी अभियोजकले  खासोग्गीको हत्या वरिष्ठ अधिकारीको आदेशमा भएको र यसमा युवराज मोहम्मद बिन सलमानको संलग्नता नरहेको जानकारी दिएका छन् ।

 सरकारी वकिलका प्रवक्ताका अनुसार खासोग्गी अक्टोबर दुई तारिखमा इस्तानबुलस्थित साउदी दूतावास पुगेका थिए त्यहाँ केही मानिसहरुसँग हातपातपछि उनलाई घातक सूई लगाइएको थियो । उनका अनुसार उनका शरिरलाई स–साना टुक्रा बनाइयो र दूतावास बाहिर एक एजेन्टलाई सुम्पिइयो । यसबारे युवराजलाई केही पनि जानकारी नभएको उनले ठोकुवा गरे ।

सरकारी वकिलले ती पाँच अधिकारीलाई मृत्युदण्डको सजायँ दिन अपिल गरेका छन् जसले खासोग्गीको हत्या गरेको स्विकारेका छन् । अभियोजकले ११ जनामाथि हत्यामा मुद्दा दर्ता गरेका छन् भने हत्यामा संलग्नको आशंकामा अन्य १० जनामाथि अनुसन्धान जारी छ ।