जाडो मौसममा हामी बड़ी कफी पिउने गर्दछौ । हाम्रो स्वास्थ्यको लागी बड़ी कफी पिउनु राम्रो हुदैन । एक दिनमा चार कपभन्दा बढी नपिउनुस ।
बढी कफी पिउँदा निद्रा नलाग्ने, मानसिक तथा शारीरिक समस्या बड़ने साथै यसले मानिसलाई डर पैदा गर्ने र मुटुको धड्कन रोक्ने सम्भावना पनि बढाइदिन्छ ।
ब्रिटेनको सरकारी स्वास्थ्य संस्थाले गरेको एक अध्ययन अनुसार कस्तो कफीमा कति कफिनको मात्रा हुन्छ त्यो थाहा हुँदैन । त्यसैले हामीले थाहा नै नपाई कति कफिन लिइरहेका छौँ त्यसको जानकारी पनि हुँदैन । यसरी थाहा नपाई हामीले आवश्यकताभन्दा बढी कफिन खाइरहेका हुन सक्छौँ ।
गर्भवती महिलाले दिनमा दुई कपभन्दा बढी कफी सेवन गर्नु राम्रो हुँदैन । सो संस्थाले गरेको अध्ययनअनुसार कफिनको अत्यधिक सेवनले गर्भपतनको सम्भावना बढी हुन्छ । त्यसका साथै जन्मिएको नवजात शिशुको वजन पनि कम हुन्छ वा जन्मदैँ शारीरिक तथा मानसिक विकलांगता पनि हुन सक्छ ।
प्रतिक्रिया दिनुहोस्