मंसिर १ दोलखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेताहरुको व्यस्तताका कारण तल्ला कमिटी निर्माणमा ढिलाई भए पनि विवाद नरहेको बताएका छन ।
दोलखा सदरमुकामको चरिकोटमा आज प्रथम ‘प्रकाश स्मृति फुटबल’ प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष दाहालले एकीकरण पछिका सबै कमिटीले पूर्णता पाउने र तल्ला कमिटी निर्माणमा ढिलाई भए पनि विवाद नरहेको बताएका हुन ।
सरकारले राजनीतिक रुपमा पूर्वाधार बनाउने काम गरेकाले जनअपेक्षाअनुसार काम हुनेमा ढुक्क हुन आग्रह समेत गरेका छन ।










प्रतिक्रिया दिनुहोस्