काठमाडौं २, मंसिर । आज आइतबार दिउँसो २ बजे बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठक वेलुका ५ बजेसम्मपनि बस्न सकेको छैन ।
पार्टीको केन्द्रीय कार्यालय सानेपामा अहिले पार्टी सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेल समूहको छुट्टाछुट्टै बैठक बसिरहेको छ तर समग्र रुपमा केन्द्रीय बैठक भने बस्न सकेको छैन ।
भित्र छुट्टाछुट्टै छलफलमा जुट्दा बाहिर नेविसंघका कार्यकर्ताले नाराबाजी गरिरहेका छन् । नेविसंघको विषयमा कसरी अघि बढ्ने भन्ने विषयमा रणनीति बनाउन यसरी गुटगत बैठक बसेको बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्