काठमाडौँ, २ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देब गुरुङले देशी बिदेशी तत्वहरु मिलेर नेपालको राष्ट्रियतालाई खतरा बनाउँदै नेपाललाई बिदेशी सैनिकहरुको परेड स्थल बनाउन लागेको आरोप आरोप लगाउनुभएको छ ।
रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै प्रमुख सचेतक गुरुङले नेपालमा स्थिरता कायम गर्न नसके नेपाल बिदेशी सैनिकहरुको क्रिडा स्थल बन्नुका साथै एक प्रकारको अफगानिस्थानको मोडेल बन्ने बताउनुभयो ।
जनताको जनमत अनुसरा राज्यका सबै अंगहरु रुपान्तरण हुन नसक्दा जनताले सोचे अनुरुप कामहरु हुन नसकेको बताउनुभयो ।
उहाँले नेपालमा संघियताको नयाँ अभ्यास भएकाले कार्यगत रुपमा केही अन्यौलता देखिएकाले केही ढिला सुस्ती भएको बताउँदै संक्रमण अवस्था जारी नै रहेकाले सिस्टमा रुपान्तरण गर्दै जानुको बिकल्प नभएको बताउनुभयो । त्यस्तै उहाँले सदनमा प्रतिपक्ष दल नेपाली काग्रेसले खेलेको भूमिका नकारात्मक भन्दा पनि सकारात्मक रहेको बबताउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्