समाचार

आजदेखि राष्ट्रिय परिचयपत्र वितरण सुरु



काठमाडौं, ३ मंसिर ।  सरकारले आजदेखि पाँचथर जिल्लाबाट राष्ट्रिय परिचयपत्र वितरण सुरु गर्दैछ । परिचयपत्रका लागि पाँचथरमा ५२ हजार जनाको विवरण सङ्कलन भइसकेको छ ।

सिंहदरबारका एकजना कर्मचारी र पाँचथरको एकजना ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गरी राष्ट्रिय परिचयपत्र वितरणको काम सुरु गर्न लागिएको जनाएको छ ।

पहिलो चरणमा पाँचथरका एकलाख १० हजार नागरिक र सिंहदरबारभित्रका सातहजार कर्मचारीलाई परिचयपत्र वितरण गरिने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्ले जानकारी दिनुभयो ।