काठमाडौं, ३ मंसिर । श्रीलंकामा आइतबार राष्ट्रपति मैत्रीपाला सिरिसेनाद्वारा बसेको सर्वदलीय बैठक निष्कर्षविहीन भएको छ ।
आइतबार पहिलोपटक राजपाक्षे र विक्रमासिंघे पक्षका नेताहरु बैठकमा आमने-सामने भएका थिए । बैठकमा विक्रमासिंघेको पार्टीका नेताहरुले राष्ट्रपति सिरिसिनाको चर्को विरोध गरेको थियो ।
विक्रमासिंघेले आफूलाई गरिएको बर्खास्तगी असंवैधानिक र अवै भएको भन्दै अहिले पनि आफू नै प्रधानमन्त्री भएको बताएका थिए । बैठकमा सभामुख कारु जयसूर्या पनि अनुपस्थित रहेको जनाएका छन् ।
प्रधानमन्त्री रणिल विक्रमासिंघेलाई हटाएर दुई पटक राष्ट्रपति बनिसकेका महिन्दा राजपाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्