विश्व

अमेरिकाको एक अस्पतालमा गोली चल्दा ४ जनाको मृत्यु



काठमाडौं, ४ मंसिर । अमेरिकाको शिकागोस्थित अस्पतालमा एक व्यक्तिले गोली चलाउँदा ४ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा शिकागो प्रहरीका एक अधिकारी, अस्पतालका दुई कर्मचारी र बन्धुकधारीको रहेको शिकागो प्रहरीले जनाएको छ ।

सोमवार दिउँसो तीन बजे भएको गोली हानाहानका क्रममा बन्दुकधारी मारिएको प्रहरीका प्रवक्ताले बताएका छन् । बन्दुकधारीले आफूसँग सम्बन्ध रहेको एक महिलालाई लक्षित गरी गोली चलाएको प्रहरीले जनाएको छ ।

शिकागो प्रहरीका एक प्रवक्ताका अनुसार बन्दुकधारीले अस्पतालको कार पार्किङ स्थलमा फायरिङ थालेपछि कैयौँ राउण्ड गोली चलाइएको थियो ।