शैक्षिक

विद्यार्थीलाई कोचिङ पढनका लागी संसदद्वारा १० लाख सहयोग



काठमाडौं, ४ मंसिर। सप्तरी क्षेत्र नम्बर ३ क बाट निर्वाचित मो.समीमले १० लाख रुपैयाँ संसदीय कोषको रकम कक्षा १० का विद्यार्थीहरुलाई कोचिङ पढाउन दिने भएका छन् ।

सप्तरीमा एसईई परीक्षाको नतिजा कमजोर भएको बताएँदै कक्षा १० मा अध्ययन गर्ने विद्यार्थीलाई पढाईका लागि रकम उपलब्ध गराउन लागेको जानकारी दिए ।

कोचिङ कक्षा मंसिर १४ गतेदेखि ३ महिनासम्म बिहान ७ बजेदेखि ९ बजेसम्म सञ्चालन हुनेछ । उनले कोचिङ पढाउने शिक्षकहरुलाई पारिश्रमिक तथा त्यसको निरागनी गर्न प्रअहरुलाई भत्तासमेतको व्यवस्था गरिदिएका छन् ।

चालू आर्थिक वर्षको संसदीय कोषबाट प्राप्त रकम आफ्ना क्षेत्रका आठ विद्यालयमा खर्चिने भएका हुन् । यसबाट रुपनी र विष्णुपुर गाउँपालिकाका ७ सय ८९ विद्यार्थी लाभान्वित हुने भएका छन् ।