काठमाडौं, ६ मंसिर । अर्थमन्त्री डा. युवराज खतिवडाले किसानलाई लागत अनुसारको मुल्य तिर्ने बानीको विकास गर्नुपर्ने बताएका छन ।
नेपाल समाजशास्त्र संघद्वारा बुधबार राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मुलुकको कुनै भागमा उत्पादन भएको वस्तु निर्यात भइरहेको तर अर्को भागमा उत्पादन कम हुँदा आयात गरेर खानु परेको भन्दै किसानलाई लागत अनुसारको मुल्य तिर्ने बानीको विकास गर्नुपर्ने बताए ।
‘सही ढंगले वितरण गर्ने हो भने खाद्यान्नमा हामी अहिले नै आत्मनिर्भर छौं’ अर्थमन्त्री खतिवडा थोरै जमिनमा, कम पानी र कम विषादी प्रयोग गरेर कसरी उत्पादन दोब्बर बनाउन सकिन्छ भन्ने विषयमा कृषि वैज्ञानिकहरूले सुझाव दिनसक्नुपर्ने बताउँछन् । उनी भन्छन्, ‘यान्त्रिकरण, उन्नत प्रकारको बीउ प्रयोग, पानी कम खपत हुने प्रविधिको विकास वा के गर्ने हो त्यो पनि कृषि वैज्ञानिकहरूले निश्कर्ष निकाल्नु पर्दछ ।’
अर्थमन्त्री खतिवडाले भने कृषियोग्य जमिन घट्दै छ । शहरीकरण, भूक्षय, नदी कटान वा अन्य कारणले गर्दा कृषियोग्य जमिन घटेको हो । खाली भएको जमिन बाँझो छ । कृषिप्रति लगाव छैन । आकर्षण छैन । कृषि अपहेलित पेशा भयो ।
त्यति हुँदाहुँदै पनि धान उत्पादन बढेको छ । हामी २२ प्रतिशत धानको अपेक्षा गरिराखेका छौं । हामीले सही ढंगले वितरण गर्ने हो भने खाद्यान्नमा हामी आत्मनिर्भर छौं ।










प्रतिक्रिया दिनुहोस्