राजश्व गस्ती टोलीका सशस्त्र प्रहरीले महिलाहरुलाई लछारपछार गर्दै कुटपिट गरेको दृष्य तथा भिडियो सार्वजनिक भएपछि स्थानीय प्रशासनले घटनामा संलग्न प्रहरीलार्इ कारबाही गर्ने भएकाे छ । याे खबर अाजकाे नागरिक दैनिकमा छापिएकाे छ ।
घटनामा संलग्न सशस्त्र प्रहरी हवलदार महादेव पन्त र सशस्त्र प्रहरी सहायक हवल्दार केशवराज पन्त उपर कारवाही थालिएको सशस्त्र प्रहरी र स्थानीय प्रसाशनले जनाएको छ। भारतीय बजार रक्सोलबाट वीरगन्जतर्फ अबैध रुपमा भित्र्याएर समान ल्याउँदै गरेको भनी सशस्त्र प्रहरीले ती महिलालार्इ कपाल तान्दै लछारपछार पारेकाे तस्बिर तथा भिडियाे सार्वजनिक भएकाे थियाे। घटनाकाे समाजिक सञ्जालमा विराेध गरिएकाे छ ।










प्रतिक्रिया दिनुहोस्