जिल्ला प्रशासन कार्यालय डोटीले गाउपालिकामै पुगेर नागरिकता बितरणको अभियान अर्थात एकिकृत घुम्ति सिबिर सुरु गरेको खबर अाजकाे नेपाल समाचारपत्रले छापेकाे छ ।
नागरिकता नपाएर कसैलाई पनि समस्या नहोस भन्ने उदेश्यका साथ डोटीका प्रमुख जिल्ला अधिकारी यादब सुबेदीको नेतृत्वमा नागरिकता बिरण गर्न गएको टोलीले आज शुक्रबार देखी डोटीको बिकट गाउपालिकाका रुपमा चिनिदै आएको बोगटान गाउपालिका बाट आफनो अभियान सुरु गरेको हो ।
उक्त टोलीले सो गाउपालिमा शुक्रबार र शनिबार गरी दुई दिन गाउका बृद्ध बृद्धा लगायत अन्य नागरिकता नपाएकाहरुलाई नागरिकता प्रमाणपत्र बितरण गर्ने कार्यक्रम तय भएको सो गाउपालिकाका अध्यक्ष कममल गड्सिलाले बताए ।










प्रतिक्रिया दिनुहोस्