जहाज किनेको हो कि भाडामा लिएको हो, खरिदको कागजात चाहियो” पूर्वपर्यटनमन्त्री भीम रावलले प्रश्न गरे। उनको प्रश्नलाई थप बल दिँदै नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले जहाज खरिद प्रक्रियाको प्रष्टताको माग गरे। लगत्तै पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निगमको वाइडबडी जहाज खरिदको अस्पष्टता, भ्रष्टाचार इत्यादि कुरा देशको इज्जत र प्रतिष्ठासँग जोडिएको गम्भीर विषय भएकाले समिति गठन गरी गम्भीर छानबिन गर्नुपर्ने माग गरेपछि शुक्रवारको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा निकै हङ्गामा मच्चियो । याे खबर अाजकाे नागरिक दैनिकले छापेकाे छ ।
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको वाइडबडी जहाज खरीद सम्बन्धमा करीब चार घण्टा चलेका सवाल जवाफका दृश्य निकै रोचक र घत लाख्दा थिए। समितिका सदस्य, सरोकारवाला निकायका पदाधिकारी तथा पत्रकारले खचाखच भरिएको समितिको हलमा क्षणभरमै कोलाहल मच्चिएको थियो ।










प्रतिक्रिया दिनुहोस्