सम्पादकीय

पप्पु कन्स्ट्रक्सनको ठगी : चार वर्षमा पनि पुलको पिलर नै बनाएन



पप्पु कन्स्ट्रक्सनले उदयपुरको गिदेरी खोलामा पुल निर्माण अलपत्र छाडेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट्मा छ ।

बेलका नगरपालिका–३ रातापानी र सातपत्रेको बीचमा पुल बनाउन ठेकेदारले लापरवाही गरेको हो। म्याद सकिएको १५ महिनामा पनि २० प्रतिशत मात्र काम भएको छ।

उदयपुरको तपेश्वरी र सप्तरीको फत्तेपुरवासीलाई रामपुर हुँदै सुनसरीको धरानसम्म आवतजावतका लागि २०७१ असारमा पुल निर्माण थालिएको थियो । पप्पु कन्स्ट्रक्सन पोखरिया पर्सा/मृत सञ्जीवनी जेभी बानेश्वरले २०७४ असारको म्याद राखी ठेक्का सकारेका थिए।

नाकाबन्दी, बन्दहडतालजस्ता बहाना बनाउँदै कम्पनीले तोकिएको समयसीमामा ५ प्रतिशत मात्र काम गरेको थियो। पुनः २०७५ असारभित्र काम सम्पन्न गर्ने गरी एक वर्ष म्याद थप गरिएको थियो।