मनोरञ्जन

मीटु’ अभियानबारे करिनाको धारणा



एजेन्सी, ९ मंसिर  बलिउड नायिका करिना कपूरले मिटु अभियानको बारेमा आफ्नो धारणा सार्वजनिक गरेकी छीन ।

उनले भनेकी छीन । फिल्म उद्योगमा महिला सुरक्षित हुन चाहान्छन् र ‘मीटु’को घटना बाहिर आउनुले यस्ता समस्या समाधानोन्मुख भएको बताएकी छिन् ।

‘हामी आज यो विषयमा खुलेर चर्चा गर्न पाइरहेका छौँ । यति धेरै महिलाहरु यसरी अगाडि आएर खुल्नु र बोल्नु राम्रो सुरुवात हो । जुन विषयमा महिलाहरु वर्षौदेखि चुप थिए ।’ ‘अहिले जसरी महिला अगाडि आइरहेका छन्, ती सबै महिलालाई म सम्मान गर्छु । जोसँग सत्य लागि बोल्ने साहस र हिम्मत हुन्छ त्यसले कार्यक्षेत्रमा महिलालाई सुरक्षाको अनुभुती दिन्छ ।’