एजेंसी, ९ मंसिर, युगाण्डाको मुकोनो जिल्लामा भएको डुङ्गा दुर्घटनामा परी २२ जनाको मृत्यु भएको छ ।
लेक भिक्टोरियामा शनिबार भएको सो घटनामा परेका अन्य ६० जना अझै हराइरहेको अधिकारीहरुले आइतबार जनाएका छन् । खराब मौसम र बढी भारका कारण डुङ्गा पल्टेको बताइएको छ ।
घटनास्थलबाट २२ जनाको शव निकालिएको छ भने अरु २६ जनालाई जीवितै उद्धार गरिएको छ । डुङ्गामा रहेकाहरु अधिकांशले मदिरा सेवन गरेका कारण उद्धारमा कठिनाइ भएको प्रहरीको भनाइ छ ।










प्रतिक्रिया दिनुहोस्