राजनीति

प्रधानमन्त्रीद्वारा अनुसन्धानमूलक र गहन अध्ययनका साथ काम गर्न निर्देशन



काठमाडौं, ११ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यदलका सदस्यहरुलाई विषयको गम्भीरतालाई बुझेर अनुसन्धानमूलक र गहन अध्ययनका साथ काम गर्न निर्देशन दिएका छन् ।

सरकारले गठन गरेको मानव संशाधन प्रक्षेपण कार्यदलको बैठकलाई सोमबार सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले निर्देशन दिदै ‘आगामी धेरै वर्षसम्म यस समितिको प्रतिवेदनलाई जनशक्ति व्यवस्थापनका लागि आधार बनाइन्छ’ ‘डाक्टर कति चाहिने, इन्जिनियर कति ,शिक्षक कति, कृषिमा कति जनशक्ति चाहिने यी सबै कुरा तथ्यगत रुपमा समितिले ल्याउनुपर्दछ ।

प्रधानमन्त्री ओलीले विकासको गतिलाई कसरी छिटो विकास हुन्छ भन्ने विषय सरकारलाई जानकारी भएको दावी गरेका छन् । ‘विकासलाई द्रुतगतिमा कसरी बढाउनु पर्दछ भन्ने यो सरकारलाई जानकारी छ । छोटो समयमा कसरी छिटो विकास हुन्छ भन्ने कुरा हामी जनतालाई विश्वास हुने गरी देखाउछौं ।’

कार्यदलको सदस्यहरुमा डा.माधव दाहाल, डा.इन्दिरा पराजुली, डा.विश्ववाला थापा, डा.विजयदत्त, डा. ध्रुव गौतम र डा।राजेश अहिराज रहेका छन् । कार्यदलको निर्देशक समिति शिक्षामन्त्रीको संयोजकत्वमा गठन गरिएको छ ।