समाचार

यात्रुवाहक बस दुर्घटना, २५ यात्रु घाइते



कैलाली, ११ मंसिर ।  कैलालीको कुचैनी सडकखण्डमा आज बिहान ना ६ ख २८५४ नम्बर को बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।

सुर्खेतबाट महेन्द्रनगरतर्फ आउँदै गरेको बस कुचैनी सडकखण्डको पुलमा ठोक्किएको इलाका प्रहरी कार्यालय चौमालाले जानकारी दिएका छन ।

घाइतेलाई उपचारका लागि अत्तरिया र धनगढीस्थित विभिन्न अस्पताल लगिएको छ ।