काठमाडौं, ११ मंसिर । नेपाल विद्यार्थी संघले पुस अन्तिम साता केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ ।
आगामी १२ औं महाधिवेशन पुस २८ गते गर्ने नेविसंघले जनाएको छ । महाधिवेशनको नयाँ मिति सार्वजनिक गर्न नेविसंघ अध्यक्ष नैनसिंह महरले आज दिउँसो १२ः४५ बजे संघको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी जानकारी दिने भएको छ ।
आन्तरिक विवाद र विधान संशोधन लगायतका कारण महाधिवेशन हुन नसकेपछि नेपाली कांग्रेसले तीन महिना म्याद थप गरिदिएको थियो ।










प्रतिक्रिया दिनुहोस्