काठमाडौं, ११ मंसिर । चीनमा ६८ औं मिस वर्ल्डको फाइनल राउण्ड ८ डिसेम्बरमा हुने भएको छ ।
२३ वर्षकी नेपालकी श्रृंखला खतिवडाले प्रतियोगितामा आफ्नो बलियो उपस्थिति देखाइरहेकी छन् । मल्टिमिडिया अवार्डका लागि भइरहेको भोटिङमा श्रृंखला अरु प्रतिस्पर्धीभन्दा निकै अगाडि छिन् ।
अनलाइन भोटिङमार्फत मल्टिमिडिया अवार्डको विजेता बनेको खण्डमा प्रतियोगिताको सेमिफाइनलमा पुग्ने बाटो सहज हुने भएको छ । यूट्युव, अनलाइन पोर्टल र ब्लगहरुले बिजेताको पूर्वानुमान गर्ने क्रममा उनी अग्रस्थानमा पुगेकी छीन ।
मल्टिमिडिया अवार्डका लागि श्रृंखलालाई भोट गर्न तरीका :
मोबस्टार एपबाट एप डाउनलोड गर्ने ।
नयाँ अकाउन्ट खोलेर वा फेसबुकको आइडी पासवर्ड प्रयोग गरेर साइन इन गर्ने ।
मगस्टारमा आफ्नो अकाउन्ट खोलिसकेपछि श्रृंखला खतिवडा सर्च गर्ने ।
उक्त पेज खोलेर श्रृंखलाले गरेका पोष्टहरुलाई बायाँबाट दायाँ स्वाप गर्ने ।
हरेकचोटि स्वाप गर्दा अंग्रेजीमा ‘एस’ देखाउँछ जुन एक भोट बराबर हो ।
साथै श्रृंखलाले गरेको पोष्टमा कमेन्ट गर्दा पनि भोट काउन्ट हुन्छ ।
प्रतिक्रिया दिनुहोस्