काठमाडौँ, ११ मंसिर । सवारी आवागमनलाई व्यवस्थित बनाउन यही मंसिर १३ गतेदेखि १६ गतेसम्म काठमाडौं उपत्यकामा जोर बिजोर प्रणाली लागु गरिने भएको छ ।
शुक्रबारदेखि सोमबारसम्म काठमाडौंमा हुन गइरहेको एसिया प्यासिफिक सम्मेलनमा आउने पाहुना तथा विशिष्ट व्यक्तिहरुको सवारी आवागमनलाई व्यवस्थित बनाउन यस्तो व्यवस्था मिलाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंले जनाएको छ ।
बिहीबार र शनिबारका दिन बिजोर सवारी र शुक्रबार तथा आइतबार जोर नम्बर प्लेट भएका सवारी साधन सञ्चालन हुने भएको हो ।
अत्यावश्यक एम्बुलेन्स, दमकल लगायतका सेवा तथा शैक्षिक संस्थाका सवारी साधनमा भने जोर बिजोर प्रणाली अनिवार्य नगरिने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।











प्रतिक्रिया दिनुहोस्