काठमाडौँ, १२ मंसिर । राजधानीको कोटेश्वर क्षेत्रमा जाम अन्त्य सुरूङ मार्ग तथा सूयविनायक – धुलिखेल ६ लेन सडक बनाउन जापान सरकार सहमत भएको छ ।
निर्वाचनको समयमा जनताको माझ गरिएको मुख्य प्रतिवद्धता मध्येको एक प्रतिवद्धताको रुपमा रहेको कोटेश्वरको जाम तथा सडक विस्तारको मूख्य एजेण्डाको रुपमा प्रस्तुत गर्नुभएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको विशेष प्रयासमा सडक विभागले निर्माण प्रकृया अघि बढाएको छ ।
सांसद बसेतको विशेष पहलमा राष्ट्रिय गौरवको रुपमा रहेको सुरुङ मार्ग तथा अरनीको राजमार्ग अन्तर्गत सूर्यविनायक देखि धुलिखेलसम्मको सडक विस्तार परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको चालु जापान भ्रमणको एउटा महत्वपूर्ण एजेण्डाको रुपमा रहेको छ ।
मन्त्री ज्ञवालीको जापान भ्रमणका क्रममा कोटेश्वोर सुरुङ मार्ग र सूर्यबिनयक – धुलिखेल सडक छ लेनको निर्माण गर्न हस्ताक्षर हुने मन्त्रालय श्रोतले जनाएको छ । सोहि अनुसार सडक बिभागको बैदेशिक सहायता महाशाखामा भएको मिटिङमा जापानी प्रतिनिधिहरुले कोटेश्वरबाट भक्तपुर जाने बाटोमा सुरूङ मार्ग बनाउन जापानले अध्ययन गर्ने बिषयमा सहमती भएको छ ।
सडक विभागको विकास सहायता समन्वय महाशाखाका प्रमुख सञ्जयकुमार श्रेष्ठले एक महिनापछि सुरूङको अध्ययन गर्ने जानकारी दिनुभएको छ । त्यस्तै अरनिको राजमार्गको कोटेश्वर सुर्यबिनायक खण्डको चारदोबाटो चोक, मनोहरा पुल लोकन्थली र राधेराधे चोकमा आकाशे पुल निर्माण गर्ने भएको छ ।
त्यस्तै जडिबुटीको कार्यालयदेखि टंकप्रसाद आचार्यको शालिकसम्म र ठिमी क्षेयारोग हस्पिटल एरियामा सर्भिस ट्र्याक निर्माण गर्ने, ५ ठाउँमा सदक ट्राफिक बत्ति राख्ने र जडिबुटी, लोकन्थली, कशौलटार, ठिमी लगाएत ठाउँमा दुई तल्ले सर्भिस ट्र्याक बनाउने र निर्मणाधिन राधे राधेको हनुमन्ते पुल र लोकन्थलीको मनोहरा पुल निर्माणलाई तिब्रता दिने निर्णय भएको थियो ।
कार्यक्रममा पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले कोटेश्वर– जडिवुटीमा सुरुङ मार्गको निर्माण पश्चात आम उपत्यकावासी नागरिकले जामको सास्तीबाट सधैका लागि मुक्त हुने बताउनुभयो । उहाँले जाममुक्त बनाउन सुरुङ मार्गको साथ साथै अरनीको राजमार्गको विकल्पको रुपमा हनुमन्ते नदी तथा मनोहरा नदीको करिडोर निर्माण समेत अघि बढिसकेको जानकारी गराउनुभयो । त्यस्तै उहाँले पेप्सीकोलादेखि सल्लाघारीसम्मको सडक विस्तार कार्य समेत अघि बढिरहेकाले निकट भविष्यमा नै कोटेश्वर जडिवुटी जाममुक्त बनाईने दावि गर्नुभयो ।
उक्त बिषयमा उपमहानिर्देशक संजय श्रेष्ठले भन्नुभयो, ‘जापानी टिमले अध्ययन गर्दैछ, अध्ययनपछि कहाँदेखि कहाँसम्म बनाउने टुंगो लाग्छ ।’ उहाँका अनुसार सुरूङ मार्ग जडिबुटी तिनकुने हुँदै बालकुमारी निकाल्ने गरी बनाउने सम्भावना छ । उहाँले भन्नुभयो, ‘मनोहरा खोलामा अस्थायी पुल बनाइने छ भने मोटरसाइकलका लागि नयाँ सर्भिस ट्र्याक पनि खोलिने छ ।’
छलफलमा सांसद बस्नेत, उप महानिर्देसक संजय श्रेष्ठ, कोटेश्वोर सिन्धुली सडकको डिई राकेश महर्जन लगायतको सहभागिता रहेको थियो ।










प्रतिक्रिया दिनुहोस्