Banner News

‘सामाजिक सुरक्षा कार्यक्रम’ जनताको भविष्य सुनिश्चित गर्न कानूनी जग : मन्त्री विष्ट



सुर्खेत, १२ मङ्सिर । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम जनताको जीवनको भाग्य र भविष्यलाई सुनिश्चित गर्न नीतिगत तथा कानुनी जग भएको बताउनुभएको छ ।

कर्णली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा नवस्थापित श्रम तथा रोजगार कार्यालयद्वारा आज आयोजित ‘श्रमसम्बन्धी नीतिगत तथा कानूनी व्यवस्था’ विषयक अन्तरक्रियामा श्रममन्त्री विष्ट सरकारले जनताको दीर्घकालीन जीवन सुरक्षाका लागि दर्जन तलाको जग बसाएको छ जुन जमीनमुनि भएको बताउनुभयो ।

संविधानको सबैभन्दा महत्वपूर्ण पाटो भनेकै आर्थिक, सामाजिक, सांस्कृतिक समस्यासँग जोडिएको मौलिक अधिकार रहेको बताउँदै खाद्य, आवास, रोजगारी, शिक्षा, स्वास्थ्य लगायतका अधिकारलाई सुनिश्चित गर्ने युगको शुभारम्भ भएको दावि गर्नुभयो ।