काठमाडौ, १३ मंसिर । एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिन म्यानमारकी स्टेट काउन्सिलर आङ सान सु की नेपाल आइपुगेकी छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि उनी बिहिबार बिहान काठमाडौं आइपुगेकी हुन् ।
उनरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्षा मन्त्री ईश्वर पोखरेलले स्वागत गरेका थिए । बौद्धस्थित ह्यात होटलमा शुक्रबारबाट चारदिनसम्म सम्मेलन आयोजना हुँदैछ ।










प्रतिक्रिया दिनुहोस्