Banner News

आर्थिक विकास र समृद्धिका लागि दुवै मुलुक सहकार्य : नेत्री सुकी



काठमाडौं, १३ मंसिर ।  म्यान्मारका स्टेट काउन्सिलर आङसाङ सुकीले नेपाल र म्यान्मारबीच आर्थिक विकास र समृद्धिका गतिविधि सञ्चालन गर्न सकिने बताएकी छन् ।

भृकुटीमण्डपमा आयोजना गरेको ‘नेपाल चेम्बर एक्स्पो–१८’लाई विशिष्ट अतिथिका रुपमा सम्बोधन गर्दै उनले दुवै मुलुकमा मानव संसाधनको उपयोग गरी आर्थिक विकास र समृद्धिका गतिविधि सञ्चालन गर्न सकिने बताइन् ।

उनले कृषि, जलविद्युत्, प्रविधिलगायत क्षेत्रमा वृद्धि गरी अर्थतन्त्रलाई बलियो बनाउन नेपाली उद्यमीलाई म्यान्मारमा लगानी गर्न आग्रह समेत गरेकी छन ।