समाचार

हार्डवेयर पसलमा शिलबन्दी



रामेछाप, १३ मंसिर । रामेछापको जिल्ला प्रशासन कार्यालयले एक हार्डवेयर पसलमा शिलबन्दी गरेको छ ।

 सदरमुकाम मन्थलीमा सञ्चालित हार्डवेयर सञ्चालकले अनुगमन टोली माथि नै अभद्र व्यवहार गरको भन्दै शिलबन्दी गरिएको हो ।

म्याद गुज्रिएको सामान बेचेको प्राइभेट फर्म नविकरण नगरेको र बिलहरुमा अनियमितता गरेको भन्दै सहायक प्रमुख जिल्ला अधिकारी नेतृत्वको अनुगमन टोलीले शुभलक्ष्मी हार्डवेयर तथा सप्लायर्समा शिलबन्दी गरेको जनाएको छ  ।

जिल्ला प्रशासनको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय, घरेलु तथा साना उद्योग समिति, मन्थली नगरपालिका, मन्थली नगरपालिका वडा नं। १, रामेछाप उद्योग वाणिज्य संघ, राष्ट्रिय उपभोक्ता मञ्च र नेपाल पत्रकार महासंघ रामेछापका प्रतिनिधिहरुको रोहवरमा लगाइएको ताला आर्को आदेश नआएसम्म नखुल्ने बताएका छन  ।