राजनीति

सामाजिक सुरक्षा योजना कार्यक्रमलाई लागु गर्न सरकारले खुट्टा कमाउँदैन : मन्त्री अधिकारी



काठमाडौँ, १३ मङ्सिर । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले वर्तमान सरकारले शुभारम्भ गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजनालाई लागु गर्न सरकारले खुट्टा नकमाउने बताउनुभयो ।

नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदूर युनियनको ३८औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले सरकारले सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी ढङ्गबाट कार्यान्वयनका साथै मजदूरको हकहित रक्षा गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ ।

मन्त्री अधिकारीले रोयल्टी नबुझाउने क्यासिनोलाई कुनै पनि हालतमा सञ्चालन गर्न नदिइने बताउनुभयो । सीमा क्षेत्रमा क्यासिनो सञ्चालनको सम्भावना औँल्याउँदै उहाँले ती क्षेत्रलाई ‘क्यासिनो हव’का रुपमा विकास गर्न सकिने बताउनुभयो ।