वीरगञ्ज, १३ मङ्सिर । सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्म वीरगञ्जले आज तीन किलो चरेससहित एक भारतीयलार्ई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको कोलकाताका ३६ वर्षीय इकवाल शेख रहेका छन् । वीरगञ्ज नाकाबाट रक्सौलतर्फ प्लास्टिकमा लुकाइछिपाइ लगिरहेको अवस्थामा पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
शेखलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सा लगिएको छ ।










प्रतिक्रिया दिनुहोस्