Banner News

राष्ट्रपति भण्डारी र नेत्री सुकीबीच शीतलनिवासमा भेटवार्ता



काठमाडौं, १४ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारी र म्यानमारकी नेत्री आङ साङ सुकीबीच भेटवार्ता भएको छ ।

शुक्रबार बिहान राष्ट्रपति भण्डारी र सुकीबीच शीतलनिवासमा  भेटवार्ता भएको हो ।

राष्ट्रपति भण्डारी र सुकीबीचको भेटमा दुई देशका हक–हित र व्यक्तिगत विषयमा कुराकानी भएको बताइएको छ ।