काठमाडौँ, १४ मंसिर । सवारी आवागमनलाई व्यवस्थित बनाउन मंसिर १३ गतेदेखि १६ गतेसम्म लागु गरिएको जोर विजोर प्रणाली आजबाट हटाइएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार गृह मन्त्रालयको निर्देशनमा आज बिहान ११ः३० बजेदेखि जोर विजोर प्रणाली खारेज गरिएको हो ।
एक धर्मप्रचारक संस्थाको कार्यक्रमका लागि सर्वसाधारणलाई बिना कारण दुःख दिएको भन्दै चौतर्फीरुपमा विरोध आएपछी हटाइएको जनाएका छन । नेता गगन थापा लगायतले जोरबिजोर प्रणाली बहिस्कार गर्न आह्वान समेत गरेका थिए ।










प्रतिक्रिया दिनुहोस्