समाचार

चरेशसहित भारतीय नागरिक पक्राउ



वीरगञ्ज, १४ मंसिर ।  वीरगञ्जबाट ३ किलो चरेशसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

वीरगंज महानगरपालिका(१६ भन्सार मुलगेटबाट सशस्त्र प्रहरीले भारत कलकत्ता घर भएका ३६ वर्षीय एकलाख शेखलाई पक्राउ गरेको हो ।

भन्सार मुलगेटमा चेकजाँचका क्रममा शरीरबाट तीन किलो चरेश बरामद गरेको थियो । पक्राउ परेका शेखलाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।