जलवायु परिवर्तनका कारण उदयपुरमा कहिल्यै नसुक्ने पानीका मुहानहरु सुक्न थालेका छन् । जलवायु परिवर्तनसँगै उदयपुरको चुरे क्षेत्रको बस्तीमा खानेपानीको समस्या बढेको हो । पछिल्लो समय चुरे पहाडी क्षेत्रमा पानीको मुहान क्रमशः सुक्दै गएपछि समस्या बढेको हो ।
चुरे क्षेत्रमा वन विनाशसँगै प्राकृतिक स्रोत साधनमा अत्यधिक दोहन हुन थालेपछि पानीका स्रोतहरु सुकेका हुन् । चुरे क्षेत्रबाट निकालिएको ढुंगा, बालुवा, गिट्टी, माटो र वन विनाशबाट चुरे क्षेत्र नै विनाश हुँदै गएको छ । चुरे क्षेत्र बचाउन केही संघ÷सस्थाले आवाज उठाए पनि राज्यले सुनेको छैन ।
खानेपानीका मुहान सुक्न थालेपछि स्थानीय चिन्तित छन् । चुरे जंगल आसपासका बस्तीमा भएका इनार, कुवा तथा ट्युबेलमा सुक्खा मौसम सुरु भएसँगै पानी ठप्पै हुने गरेको स्थानीयको भनाइ छ ।
चुरे क्षेत्रमा बर्सेनि पानीको स्रोत सुक्न थालेको त्रियुगा नगरपालिका–३ मोतिगडाका प्रेमबहादुर कार्कीले बताए । सुक्खा मौसम सुरु भएसँगै टोलमै खानेपानीको समस्या आएको बताए । याे खबर अाजकाेराजधानी दैनिकमा छापिएकाे छ ।










प्रतिक्रिया दिनुहोस्