सम्पादकीय

कार्यक्रमका लागि २२४ स्थानीय तहको निवेदन



सरकारले तराई मधेशका २१ जिल्लाका २७६ स्थानीय तहमा सञ्चालन गर्ने भनिएको ‘तराइ मधेस समृद्धि कार्यक्रमका’ लागि ७९ प्रतिशत स्थानीय तहले कार्यक्रम सञ्चालनका लागि आवेदन गरेका छन् । कुल २७६ स्थानीय तहमध्ये २२४ स्थानीय तहले कार्यक्रम सञ्चालनका लागि आवेदन दिएका हुन् ।

कार्यक्रम सञ्चालनका लागि आवेदन गर्ने समयावधि यही मङ्सिर १२ गते सकिएको र त्यस अवधिमा २७६ स्थानीय तहमध्ये ७९ प्रतिशत स्थानीय तहले तराई मधेस समृद्धि कार्यक्रमको केन्द्रीय समन्वय इकाईमा आबेदन गरेका हुन् ।

तराइ मधेसका उक्त स्थानीय तहहरू मानव विकास सूचाङ्कमा अन्य स्थानीय तहभन्दा कमजोर भएकाले सरकारले उक्त स्थानीय तहका लागि तराइ मधेस समृद्धि कार्यक्रम सञ्चालन गर्न लागेको हो । याे खबर अाजकाे गाेरखापत्रमा छापिएकाे छ ।