एजेंसी, १५ मंसिर । अमेरिकाको अलास्कामा ७.० म्याग्निच्यूडको भूकम्प गएको छ ।
अमेरिकी भूगर्भ विभागका अनुसार एकोंरेजको ११ किलोमिटर उत्तरलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । भूकम्पपछि ४० वटा पराकम्पहरु गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ ।
भूकम्पका कारण घरहरु केही भत्किएका छन् । राजमार्गहरु चिराचिरा परेका छन् । भूकम्पबाट मानवीय क्षति भने भएको खबर अहिलेसम्म आएको छैन ।
प्रतिक्रिया दिनुहोस्