राजनीति

प्रदेश १ मा प्रगतिशिल प्यानलको प्रचार प्रसार तिव्र



पाँचथर, १५ मङ्सिर । नेपाल इन्जिनियर्स एशोसिएशनको ३२औ कार्यसमितीको निर्वाचन नजिकिदै जाँदा प्रगतिशील प्यानलले प्रदेश नं. १ मा आफ्नो चुनावी अभियान तिब्र बनाएको छ ।

चुनाव प्रचार प्रसारका क्रममा हिजो प्रदेश नं. एकको उमेद्वार सहितको टिम पूर्वाञ्चलका विभिन्न जिल्लाको भ्रमण अन्तरगत ताप्लेजुङ र पाँचथरको कार्यक्रम पछि इलाम पुगेको छ ।

इलाम जिल्ला समन्वय समितीको हलमा हिजो बृहत् इन्जिनियर भेला सम्पन्न भएको छ । निर्वाचन परिचालन समितीका संयोजक दिपक पौडेलको अध्यक्ष्यतामा सम्पन्न कार्यक्रममा प्रदेश एकका सबै उमेद्वारले परिचयात्मक मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रममा प्रदेश एकका अध्यक्षका उमेद्वार ढकेन्द्र बमले आम इन्जिनियरको अपनत्व हुने संस्थामा रुपान्तरण गर्न आफ्नो उमेद्वारी रहेको बताउनु भयो ।

त्यस्तैप्रदेशबाट केन्द्रीय सदस्यका उमेद्वार डेगराज पौडेलले आम युवा इन्जिनियरको प्रतिनिधित्व र अधिकार सुरक्ष्याका लागि आफ्नो उमेद्वारी रहेको बताउनु भयो ।

कार्यक्रममा इलाम नेकपाका पार्टी कार्यलय सचिव नवराज शंकर, सचिव कान्छा लावती इलाम नगरपालिका प्रमुख महेस बस्नेत, जिल्ला समन्वय समिति प्रमुख गणेश बराल, पिन केन्द्रीय सदस्य सन्जिब रोकाहा र इलाम नेकपा अध्यक्ष्य भक्त केसिले मन्तब्य राख्नु भएको जानकारी पिनका एक न प्रदेशका नेता दिपक गुरागाइले दिनु भएको छ ।

कार्यक्रममा पिन केन्द्रीय सदस्य सन्जिब रोकाहाले राजनैतिक नेतृत्वले देखेको सपनालाई आफुहरुले साकार पार्ने बताउनु भयो । उहाँले भन्नुभयो ‘हामी तपाइहरुको सपनाको प्राविधिक पक्ष्यलाई एनालाइसिस गरि उपयुक्त बिकल्प प्रस्तुत गर्छौ ।’ वहाले यो निर्वाचन हार्ने छुट कसैलाइ नरहेको र कुनै अमुक ब्यक्तीलाई हैन पुरै टिम जिताउन सबै लाग्न अपिल समेत गर्नु भयो ।

कार्यक्रममा इलाम नेकपा प्रस्तावित अध्यक्ष्य भक्त केसिले इन्जिनियर बिकासको मेरुदन्ड मात्र हैन अभियान्ता समेत रहेको हुँदा निर्वाचनमा अफ्ना एजेन्डा तल्लो तहसम्म स्पष्ट लैजान अनुरोध गर्नु भयो ।

कार्यक्रममा इलाममा रहि विभिन्न परियोजना र क्षेत्रमा काम गर्ने इन्जिनियरहरुको सहभागिता रहेको थियो । नेपाल इन्जिनियर्स एशोसिएशनको निर्वाचन यहि मङ्सिर २८ गते केन्द्र र प्रदेशमा हुँदैछ । उक्त निर्वाचनमा नेकपा र लोकतान्त्रिक गरि दुई प्यानलको उमेद्वारी रहेको छ ।