समाचार

चरेससहित चार जना पक्राउ



बुटवल, १६ मंसिर । बुटवलबाट २५ किलोग्राम चरेससहित चार जनालाई प्रहरीले टपक्राउ गरेको छ ।

शनिबार राति १० बजे उपमहानगरपालिका(९ इँटा भट्टीबाट उनीहरूलाई पक्राउ गरेको हो । उनिहरुबाट २५ किलो चरेससहित बरामद गरेको जनाएको छ ।

पक्राउ पर्नेमा जाजरकोटका ४४ वर्षीय तिलक पुन, २८ वर्षीय टोपेन्द्र बोहरा, २८ वर्षीय प्रेम विक र बुटवल उपमहानगरपालिका-११ का ४० वर्षीय दिपेन्द्र घर्ती रहेका छन् ।

उनीहरूमाथि थप अनुसन्धान भैरहेको  प्रहरीले जनाएको छ ।