समाचार

दुर्घटनामा ट्रफिक प्रहरी कंडेलको मृत्यु



काठमाडौँ, १७ मङ्सिर । ललितपुरको एकान्तकुनामा कारले मोटरसाइकलाई ठक्कर दिँदा ट्राफिक प्रहरीको सुर्खेत विद्यापुर ७ घर भई अहिले प्रहरीवृत्त कालीमाटीमा कार्यरत ट्राफिक प्रहरी सुवनप्रसाद कंडेलको ज्यान गएको छ ।

आइतबार राति ९ बजेतिर बा १६ च ६८०२ नम्बरको कारले बा ९४ प ६१९७ नम्बरको मोटरसाइकलालई ठक्कर दिएको हो । कार चालक काभ्रे पनौती घर भइ ललितपुर बस्ने प्रज्वलबहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।