Uncategorized

संवैधानिक परिषदको बैठक निश्कर्ष विना टुङ्गीयो



काठमाडौ १७ मंसिर । प्रधानन्यायाधीशमा सिफारिस गर्नका लागि बसेको बैठक बिना निश्कर्ष टुङ्गीएको छ । प्रधानमन्त्री केपी ओलीले नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न सोमबार संवैधानिक परिषद् बैठक बोलाएका थिए ।

बैठकमा छलफलका लागि १० वटा विषयसूची तय गरिएको थियो । बैठकमा विभिन्न आयोगका अध्यक्ष तथा सदस्यहरुको नियुक्तिका विषयमा छलफल हुने विषयसूची रहेको भए पनि बैठक बिना निश्कर्ष टुङ्गीएको हो ।

प्रधानन्यायाधिशका लागि न्यायपरिषदले बरिष्ठ न्यायाधीशद्वय दिपक राज जोशी र चोलेन्द्र समशेर राणाको नाम सिफारीस गरेको थियो । यस अघि ससदीय विशेष सुनुवाई समितीले प्रधानन्यायाधीशमा जोशीलाई अस्वीकृत गरेको थियो ।