काठमाडौं, १८ मंसिर । नेपाल सरकारले एशिया प्यासिफिक समिट आयोजकबाट प्राप्त गरेको एक लाख डलरको सुशासन अवार्डमा त्यतिनै रकम थप गरेर युवा र बालबालिकाको हितमा काम गर्न कोष बनाउने निर्णय गरेको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको जनाएको छ । युनिभर्सल पीस फेडरेशन नामक संस्थाले प्रधानमन्त्रीलाई एक लाख डलर बराबरको शुसासन अवार्ड प्रदान गरेको थियो ।
प्रधानमन्त्रीकै चाहनामा नेपाली करिब एक करोड १५ लाख रुपैयाँ थपेर करिब अढाइ करोडको कोष खडा गर्ने निर्णय भएको बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्