समाचार

युवा क्रिकेटर सन्दीप कलेज भर्ना



काठमाडौं, १८ मंसिर । अन्तर्राष्ट्रियस्तरका युवा क्रिकेटर सन्दीप लामिछाने कलेज भर्ना भएका छन् ।

उनले बौद्धस्थित जेभियर इन्टरनेसनल कलेजमा मंगलबार बिहान मानविकी संकाय अन्तरगत बीएसडब्लु (ब्याचलर इन सोसल वर्क)मा भर्ना भएका हुन् ।

उनलाई तीन वर्षे कोर्सका लागि पूर्ण छात्रवृत्ति प्रदान गरिएको कलेजले जनाएको छ । उक्त कलेजले गरीब, विपन्न वर्गका विद्यार्थीलाई २० प्रतिशत छात्रवृत्ति दिने गरेको छ । सन्दीपले खेल क्षेत्रमार्फत देशको इज्जत बढाएकाले उनलाई सम्मानस्वरुप पूर्ण छात्रवृत्ति प्रदान गरिएकोकलेजले जनाएको छ ।

सन्दीपले क्रिकेटसँगै पढाईलाई पनि अगाडि बढाउने बताएका छन ।