राजनीति

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै



काठमाडौँ, १९ मङ्सिर । प्रमुख प्रतिपक्षि दल नेपाली काग्रेसको प्रस्तावित विधान संशोधनका विषयमा केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ ।

मंसिर १३ गतेदेखि जारी पार्टीको केन्द्रीय समिति बैठकमा उक्त मस्यौदामाथि छलफल भइरहेको छ । बुधबार बिहान ११ बजेका लागि बैठक बोलाइएको कांग्रेसले जनाएको छ ।

कांग्रेसले पार्टीको विधानलाई सङ्घीय संरचनाअनुसार परिमार्जित गर्न विधान संशोधनको प्रस्ताव माथि मंगलबारको बैठकमा केन्द्रीय सदस्य गगनकुमार थापा, धनराज गुरुङ, चीनकाजी श्रेष्ठ, एनपी साउद, गोविन्द भट्टराई, गुरुराज घिमिरे, लक्ष्मी परियार, आनन्द ढुङ्गना, तथा आमन्त्रित सदस्य नरेन्द्रकुमार चौधरी र रमा कोइरालाले आ–आफ्नो धारणा राख्नु भएको थियो ।