एजेन्सी १९ मंसिर । न्यू क्यालेडोनियानजिकै दक्षिण प्रशान्त महासागरमा आज ७.५ म्याग्नीच्यूडको भूकम्प गएको छ ।
सम्बन्धित आधिकारीहरुका अनुसार भूकम्पपछि नजिकै रहेको द्वीपहरुमा सुनामीको चेतावनी दिइएको जनाइएको छ ।
फिजीमा समेत तीन मिटरसम्मको सामुद्रिक छाल आउन सक्ने अनुमान गरिएको छ । यस शक्तिशाली भूकम्पपछि पाँच पटकसम्म ५.६ र ६.० को परकम्पन आएका थिए ।
प्रतिक्रिया दिनुहोस्